Comments Add Comment

युएईसँग टस हारेको नेपालले पहिले बलिङ गर्ने

२ चैत , काठमाडौ । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणत्मक सिरिको अन्तिम खेलमा घरेलु टोली नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पाहुना टोली युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ।

२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । यो खेल जितेमा नेपाल विश्वकप लिग–२ को तेस्रो स्थानमा उक्लँदै तीन महिनापछि ९ जुनमा जुलाई जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल क्वालिफायरमा सोझै छनोट हुनेछ। त्यसैले नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनामा रहेको छ।

यदी आजको खेलमा परजित भएमा नेपालले विश्वकप छनोट खेल्न प्लेअफको माध्यमबाट जानुपर्ने हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment