१४ भदौ ,काठमाडौ । महिला टी-२० विश्वकपको एसियाली छनोटअन्तर्गत मलेसियाविरुद्ध अहिले भइरहेको खेलमा नेपालले सुरुका तीन बलमै तीन विकेट गुमाएको छ ।

नेपालले पहिलो बलमा काजल श्रेष्ठ, दोस्रो बलमा कुमारी खड्का र तेस्रो बलमा इन्दु बर्मा आउट भए । मलेसियाकी बलर ऐना हामिजाले सुरुका दुई ब्याटरलाई आउट गरेकी थिइन् भने बर्मा रन आउटको शिकार भइन् ।

नेपालले ११ ओभरमा ५ विकेट गुमाएर ३७ रन जोडेको छ । कप्तान रुबिना क्षेत्रीले १२ रन बनाइन् भने सिता राना मगर १३ रनमा खेल्दैछिन् ।