Comments Add Comment

Advertisment

SKIP THIS

रुसद्वारा पूर्वी युक्रेनका दुई बस्ती कब्जा

१५ मंसिर , काठमाडौं । युद्धग्रस्त सहर बाख्मुट नजिकै दुई पूर्वी युक्रेनी बस्ती कब्जा गरेको रुसी सेनाले जनाएको छ। उक्त सहरलाई मस्कोले लामो समयदेखि कब्जा गर्न खोजिरहेको जनाइएको थियो।

दोनेत्स्क क्षेत्रमा आक्रामक कारबाहीपछि रुसी सेनाले बिलोगोरिभका र पर्से ट्राभन्याका बस्तीहरू पूर्ण रूपमा मुक्त गरेको रुसी सेनाले दाबी गरेको छ। बिलोग्रोरिभ बाख्मुटबाट २५ किलोमिटर उत्तरमा पर्छ।

खेरसन र खार्किभबाट पछि हटेको हताश रुसी सशस्त्र सेनाले बाख्मुतको लडाइँमा आफ्नो सम्पूर्ण शक्ति लगाएपछि सानो उपलब्धि प्राप्त गरेको छ। रुसी भाडाका सैनिकहरु र भर्खरै परिचालन गरिएका सेनाहरू यस क्षेत्रमा मस्कोका लागि लडिरहेका जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै