Comments Add Comment

Advertisment

SKIP THIS

नेपालले नेदरल्यान्ड्सलाई दियो एक सय ६८ रनको लक्ष्य

९ असार ,काठमाडौ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन बनाउँदै अलआउट भयो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७–२७ रन बनाए । भीम सार्की २२ रनमा आउट भए । नेदरल्यान्ड्सका बलर लोगन भान विकले चार विकेट लिए । बास डी लिड्स र बिक्रमजित सिंहले दुई–दुई विकेट हात पारे ।

सुपर सिक्समा स्थान पाउन नेपाललाई आजको खेल जित्नैपर्ने दवाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment