२९ साउन , काठमाडौ । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा गएका गाडीहरु पुनस् रोकिएका छन्। तारकेश्वर नगरपालिका तिनपिपले भन्ने ठाउँमा फोहोरको गाडीले बाख्रा मारिदिएको भन्दै स्थानीयले पुनः अनुरोध गरेको बताइएको छ ।
यसअघि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० फोहोरका गाडी बन्चरेडाँडामा पुग्ने बताएका थिए। तिन ओटा पालिका भएर जानु पर्छ।
हरेक पालिकामा एउटा एउटा समस्या आइपर्छ महानगरपालिकाको वातावरण विभाग प्रमुख सीता राईले भनिन् । यस अघि फोहोर बोकेर गएका गाडीमा तोडफोड भएको थियो ।






