Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौमा एक जना पुरूषमाथि खुकुरी प्रहार

२५ साउन ,काठमाडौ । काठमाडौमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको छ । काठमाडौं महानगरपालिका-४ चण्डोल चोकमा एक जना पुरूषमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

उनका अनुसार त्यहाँ दुई पक्षबीच झगडा भएको थियो । घटना बुधबार साँझ साढे ५ बजेतिरको हो । कैलाली, टीकापुरका चक्र शाहमाथि खुकुरी प्रहार गरेको एसपी ढुंगेलले बताए ।

शाहमाथि खुकुरी प्रहार गरेपछि आक्रमण गर्ने पुरूष फरार भएका थिए । प्रहरीले यस प्रकरणमा संलग्न रहेको भन्दै कैलाली धनगढी बस्ने अन्दाजी २७ वर्षीय रविन गिरीलाई नियन्त्रणमा लिएको छ ।

शाहको टाउको र खुट्टामा चोट लागेको छ। उनको टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment