२५ मंसिर , काठमाडौ । काठमाडौंबाट प्रहरीले सट्टाबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
विभिन्न गेममा अनलाइन सट्टाबाजी गरेको आरोपमा एक जना भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले news24galaxy लाई जानकारी दिए।
पक्राउ पर्नेमा भारत घर भई नरदेवी बस्दै आएका ३२ वर्षीय पवनकुमार शर्मा र पाल्पा घर भई बूढानिलकण्ठ नगरपालिका-८ बस्दै आएका ३७ वर्षीय रूद्रप्रसाद पोखरेल छन्।
काठमाडौंका विभिन्न स्थानमा लुकीछिपी अनलाइन सट्टाबाजी भइरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रेग्मीले बताए।
शनिबार पोखरेललाई जमल र आइतबार शर्मालाई नरदेवीबाट सट्टाबाजी गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूमाथि मुलुकी अपराध सहिताको सट्टाबाजी गर्नरगराउन नहुने कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।



