जानकीले स्थानीयलाई हटाएर बाहिरी व्यक्तिलाई नियुक्त गरिएकोप्रति युवाहरुको गम्भीर आपत्ति -
Comments Add Comment

जानकीले स्थानीयलाई हटाएर बाहिरी व्यक्तिलाई नियुक्त गरिएकोप्रति युवाहरुको गम्भीर आपत्ति

२९ पुष , काठमाडौं । बाँकेको जानकी गाउँपालिका युवाहरुले युवा लक्षित लगायतका बिषयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । वडा नम्बर एकदेखि ६ सम्मका युवाहरुले सामूहिक रुपमा बिहीबार गाउँपालिका अध्यक्ष छब्बन खाँलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।

युवाहरुले गाउँपालिकाले युवा लक्षित कार्यक्रम नल्याएको, कर्मचारी भर्ना तथा नियुक्तीका सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाउँदै बिरोध गरेका छन् । उनीहरुले स्थानीय व्यक्तिलाई हटाएर बाहिरी व्यक्तिलाई कर्मचारीका रुपमा भर्ना गरिएको प्रति गम्भीर आपत्ति रहेको जनाएका छन् ।

हामी जानकी गाउँपालिकाको स्थानिय बासिन्दा र यहाँको कर्मठ तथा जुझारु युवाहरुको रुपमा विगत समयदेखि मानव अधिकार, तथा खेलकुद र अन्य सामाजिक विकासको क्षेत्रमा काम गर्दै आएका एक सामाजिक अभियान्ता समेत रहेको हुँदा हामी संयुक्त रुपमा यस क्षेत्रमा १ देखि ६ सम्मको युवाहरुलाई समेट्ने खालको कुनै परियोजना गाँउपालिकाले नबनाएको र चरम सिमा भन्दा बाहिर गई कर्मचारी भर्ति गर्ने र कहि कतै नभएको व्यवस्था यहाँ लागु भएको तथ्य हामीले पाएको हुँदा तपाई यस स्थानीय तहको प्रमुखको हैसियतले तुरुन्त यी विषयमा ध्यानाकर्षण गरि प्रमुख प्रशासकिय अधिकृतको स्वकीय सचिव कहाँ र कसरी नियुक्त गरियो र स्थानीय व्यक्ति रहेका प्रेस संयोजकलाई हटाई बाहिरबाट कसरी स्थानीय प्रेस सल्लाहाकार नियुक्त गरियो ?

यसमा गम्भीर रुपमा ध्यानाकर्षण गराउँदै अब उप्रान्त हाम्रो यस क्षेत्रमा रहेको सामाजिक संस्था जस्तै यूवा क्लब, सहकारी र गैर सरकारी सस्थालाई समेत भर्खरै भएको जानकी गापाको गाँउ सभामा नबोलाएको कारण समेतलाई ध्यानाकर्षण गर्दै हामीले पहिलो शान्तिपुर्ण ज्ञापन पत्र बुझाउने सल्लाह अनुसार तपाईलाई यो ज्ञापन पत्र बुझाएको छौ । ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

साथै उनीहरुले माग सम्बोधन नभए जानकी गाउँपालिकाको आर्थिक लेखा परिक्षण तथा योजना अनुगमन गर्ने, शान्तिपूर्ण विरोध जुलुस तथा कोण सभा कार्यक्रम गर्ने र जानकी गाँउपालिकाको कार्यालय घेराउ लगायतका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै