Comments Add Comment

Advertisment

SKIP THIS

कर्णाली प्रदेश पुगेर डिआईजी लालमणी आचार्यले सम्हाले प्रदेश प्रमुखको जिम्मेवारी

काठमाडौं: नेपाल सरकार गृह मन्त्रालय माननीय मन्त्रीस्तरको निर्णायानुसार नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्साल काठमाण्डौको पत्रादेशले कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यालय प्रमुखको रूपमा सरूवा हुनु भएका प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यलाई प्रहरी वरिष्ठ उपरिक्षक बीर बहादुर ओली लगायतका प्रहरी अधिकृत तथा जवानहरूले कार्यालयमा स्वागत गरेका थिए ।


स्वागत पश्चात डिआईजी आचार्यले अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी सलामी ग्रहण गर्नुभई कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई प्रभावकारी अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवम् पीडितमैत्री सेवा प्रवाह, अनुशासित, ईमान्दार, लगनशिल, कर्तव्यनिष्ठ भई काम गरी आचरण र व्यवहारमा समेत सदैव बढकरार राखी काम गर्ने लगायतका सार्गरभिक निर्देशन दिनुभयो ।

त्यसैगरी सम्पूर्ण शाखाहरू निरीक्षण गरी प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओलीले समग्र कर्णाली प्रदेशको वस्तुस्थितीको सम्बन्धमा प्रस्तुतिकरण मार्फत प्रहरी नायब महानिरीक्षकलाई जानकारी समेत गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै