Comments Add Comment

Advertisment

SKIP THIS

प्रदेशसभाको यात्रामा : दुई दोहोरिदै, दुई जनाको नयाँ अनुभव

११ मंसिर , काठमाडौँ । प्रदेशसभामा दोहो¥याउनेमा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल र प्रतिनिधिसभा–२ प्रदेशसभा १ मा नेकपा (एकीकृत समाजवादी)बाट लक्ष्मण लम्साल छन् ।

यस्तै संविधानसभा सदस्य नेपाली कांग्रेसका तीर्थ लामा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ र प्रतिनिधिसभा–२ प्रदेशसभा २ मा कांग्रेसकै कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन् । उनीहरु वाग्मती प्रदेशसभाको संसदीय यात्राको पहिलो अनुभव लिने क्रममा छन् ।

प्रदेशसभा सदस्यमा दोहोरिनुभएका ढकालले २० हजार सात सय २० मत प्राप्त गरी मुख्य प्रतिस्पर्धी एमालेका दिलबहादुर तामाङलाई नौ हजार चार सय ४२ मतान्तरले पराजित गरे । उनी विसं २०३७ मा देउराली गाउँपालिका–५ जन्मिएका हुन् । गाउँका तत्कालीन माओवादी नेताहरू यानप्रसाद गौतम, तीर्थ गौतम, नवीन गौतम, दिननाथ गौतमलगायतको राजनीतिबाट प्रभावित भएर राजनीति सुरु गर्नुभएका ढकाल ०५० सालमा तत्कालीन नेकपा (एकता केन्द्र)को भातृसङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) मा सङ्गठित थिए ।

विसं २०५६ मा अखिल (क्रान्तिकारी)को पूर्णकालीन सदस्यको रूपमा लागेका ढकाल संगठनको विभिन्न जिम्मेवारीमा रहेका थिए । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको ढकाल हाल वाग्मती प्रदेशको युवा तथा खेलकुदमन्त्री छन् ।

यस्तै प्रदेश संसदीय यात्रामा दोहोरिनु भएका लम्सालले हाल १९ हजार चार सय आठ मत ल्याई मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेललाई एक सय ८८ मतान्तरले विजयी भएका छन् । २०३६ मा मण्डनदेउपुर नगरपालिका–७ मा जन्मिएका हुन् विद्यालयमा अध्ययनरत देखिनै विद्यार्थी राजनीतिमा होमिएका लम्सालले विद्यार्थी फाँटको विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी निर्वाह गरेका थिए ।

व्यवस्थापन संकायमा स्नातकोत्तर प्रथम श्रेणी र कानुनमा नेपाल ल क्याम्पसबाट स्नातक गरेका लम्साल २०७४ मा प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । उनी हाल एकीकृत समाजवादीको केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश कमिटीको सचिवको भूमिकामा छन् ।

यसैगरि ०७० मा संबिधानसभा सदस्य नेपाली कांग्रेसका लामा हाल प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ मा हाल १९ हजार दुई सय ८० मत प्राप्त गरी एमालेका चन्द्र लामालाई जम्मा तीन मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका छन् । हाल उनी प्रदेशसभामा संसद्को अनुभव लिँदै छन् । विसं २०६४ मा नेपाली कांग्रेस प्रवेश गरेर राजनीति सुरु गरेका लामा सोही वर्ष पार्टीको क्षेत्रीय उपसभापतिमा मनोनित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै