प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौँ जित, मधेशलाई ६ विकेटले हरायो -
Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको लगातार पाँचौँ जित, मधेशलाई ६ विकेटले हरायो

१० माघ , काठमाडौ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवार खेलिएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ६ विकेटको फराकिलो अन्तरले हराएको छ ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको पुलिस क्लबको यो लगातार पाँचौँ जित हो । प्रतियोगितामा आफूले खेलेका सबै खेल जित्ने पुलिस क्लब एक मात्र टोली हो । हालसम्म सात खेल खेलेको मधेश प्रदेशको भने यो तेस्रो हार हो । मधेश प्रदेश चार खेलमा विजयी भएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले २४ ओभरमै अलआउट हुनुअघि ९६ रन मात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पुलिस क्लबले भने १८।३ ओभरमै केवल चार विकेट गुमाएर ९९ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।

पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले २८ रन बनाए । उनले केवल २७ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा १९ रन थपे । उनले २३ बलमा एक छक्का र दुई चौका प्रहार गरे ।

विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद सात रनमा आउट भए । दिलीप नाथले चार रन बनाए । अमित श्रेष्ठ १५ र आरिफ शेखले १६ रनमा अविजित रहे । पुलिस क्लबले अतिरिक्त रूपमा १० रन पाएको थियो । मधेश प्रदेशका बलर रञ्जित कुमार र अरनिको यादवले दुई–दुई विकेट लिए ।

त्यसअघि मधेश प्रदेशका कुनै पनि ब्याट्सम्यान प्रभावकारी देखिएका थिएनन् । ओपनर ब्याट्सम्यान हरिशंकर शाहले २२ रन बनाए । मधेश प्रदेशका कप्तानसमेत रहेका हरिशंकरले ३३ बलको सामना गरी चार चौका पनि हिर्काए ।

छैटौँ नम्बरका ब्याट्सम्यान अरनिको यादवले पनि २३ रन बनाए । उनले २६ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काए । तल्लो क्रमका ब्याट्सम्यान अभिषेक तिवारीले अविजित ११ रन जोडे । उनले १९ बलमा एक छक्का प्रहार गरे ।

मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेश प्रदेशका माथिल्लो क्रममा अधिकांश ब्याट्सम्यान क्रिज समाल्न आउने र त्यसलगत्तै पेभेलियन फर्कने क्रम जारी रह्यो । ओपनर अनिल शाह एक रनभन्दा अगाडि बढ्न सकेनन् ।

मयान यादव पनि पाँच रनमै पेभेलियन फर्किए । अनुभवी पवन सर्राफ पनि ६ रनको व्यक्तिगत स्कोरमै आउट भए । नीरज यादवले चार रन मात्र बटुल्न सके । प्रदिप पासवान एक र रुपेश सिंह पाँच रनमा पेभेलियन फर्किए ।

मधेश प्रदेशले अतिरिक्त रूपमा १५ रन पायो । पुलिस क्लबका बलर सागर ढकाल एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा ४१ रन खर्चिएका थिए । ललित राजवंशीले पनि चार विकेट हात पारे । उनले पाँच ओभरमा दुई मेडन राख्दै केवल १२ रन खर्चिए । राशिद खानले पनि एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/sambandhit.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085
Advertisment

छुटाउनुभयो कि? सबै


Notice: Undefined variable: post in /home/ghargha2/news24galaxy.com/wp-content/themes/a1-online/inc/extrafile/youhavemissed.php on line 3

Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/ghargha2/news24galaxy.com/wp-includes/functions.php on line 6085