२५ माघ , काठमाडौं । मोरङको ग्राथान–१ खुनियाकट्टा र बूढीगंगा – ५ मा फैलिएको बर्डफ्लू रोक्न संकटकाल घोषणा गरिएको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले मोरङका दुई स्थानीय तहमा संकटकाल घोषणा गरेको हो ।
पशुसेवा विभागले माघ १६ गते उक्त क्षेत्रमा पालिएका कुखुराको नमूना परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको थियो । बर्डफ्लू पुष्टी भएपछि सोही स्थानमा र अन्य स्थानमा थप संक्रमण फैलन नदिन मन्त्रीपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो ।


