१९ कात्तिक , काठमाडौ । टि–२० विश्वकप छनोट फाइनल रोमाञ्चक बनेको छ । करण केसीले एकै ओभरमा ओमानका दुई विकेट लिएका छन् ।
विवेक यादवको उत्कृष्ट क्याचमा मेहरान खान आउट भए ।
उनले १८ औ ओभरको तेस्रो र चौंथो बलमा करणलाई छक्का र चौका हानेका थिए ।
ओभरको पहिलो बलमा करणले निसम खुशीलाई विवेककै हातबाट आउट गराएका थिए । खुशीको क्याच पनि विवेकले नै लिएका थिए । दुई विकेटका बाबजुद यो ओभर ओमानका लागि फाइदाजनक बनेको छ । करणले यो ओभरमा १८ रन खर्चिए ।


