बालकुमारीमा गोली चलेकोबारे ललितपुर प्रहरीको गोलमटोल जवाफ -
Comments Add Comment

बालकुमारीमा गोली चलेकोबारे ललितपुर प्रहरीको गोलमटोल जवाफ

१३ पुष , काठमाडौ ।  ललितपुर प्रहरीले बालकुमारीको आन्दोलनमा गोली चलेको विषयमा अनभिज्ञता दर्शाएको छ । ललितपुर प्रहरी प्रवक्ता एसपी नवराज कार्कीले पत्रकारलाई गोलमटोल जवाफ दिएका छन् ।

एसपी कार्कीका अनुसार ३ हजारको हाराहारीमा इपिएस पिडितहरु जम्मा भएका थिए र उनीहरुले उछृङ्खल क्रियाकलाप गरेका थिए । प्रहरीले माइकिङ समेत गरेर पछि हट्न अनुरोध गर्दा पनि भिड अराजक बनेको उनले बताए ।

मन्त्रीकै सवारीसाधनमाथि तोडफोड र आगजनी भएपछि भीड तितरवितर पार्न प्रहरीले कारवाही गरेको कार्कीको भनाइ छ ।

यद्यपि, प्रहरीले गोली चलाएको विषयमा उनले स्पष्ट जवाफ दिन सकेनन् । सुरुमा उनले गोली नचलेको दावी गरे भने पछि गोली चलेको हुन सक्ने बताए ।

‘मृत्यु हुनेको शरीरमा गोली देखिएको छैन । टियरग्यास लागेको हुन सक्छ । प्रहरीले गोली चलाएको छैन । यो पोस्ट मार्टमबाट थाहा हुन्छ,’ उनले भने ।

पत्रकारले गोली नचलेकै हो त भनेर प्रतिप्रश्न गर्दा उनले जवाफ दिए, ‘त्यो हामी छानविन गर्छौं । गोली चलेको होला तर जसको डेथ भएको छ उहाँलाई गोली लागेको छैन । गोली कसैलाई लागेको भए चलेको भयो, लागेको छैन भने नचलेको भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment