Comments Add Comment

नेपाल प्रहरी कल्याण कोष शैक्षिक गुठीका गुठियारहरूको भेला २०८० सम्पन्न

काठमाडौं । नेपाल प्रहरी कल्याण कोष शैक्षिक गुठीका गुठियारहरूको भेला-२०८० सकिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा यही फागुन १३ गतेदेखि सञ्चालन भएको सो भेला आज समापन भएको हो । सो भेलामा देशभर सञ्चालित ९ वटा नेपाल प्रहरी स्कूल व्यवस्थापन समितिका अध्यक्षज्यूहरू, प्राचार्यज्यूहरू र समादेशकज्यूहरूको क्षमता अभिवृद्धि, विद्यालय सुधार, समस्या समाधान एवं दिगो विकासका विषयहरू माथि छलफल भएको थियो ।

साथै नेपाल पुलिस स्कूलमा आर्थिक पारदर्शिता, मितव्ययिता तथा आर्थिक क्रियाकलापमा एकरूपता कायम गर्ने उद्देश्यले ‘नेपाल पुलिस स्कूल आर्थिक प्रशासन कार्यविधि २०८०’ लाई यस भेलाले अनुमोदन गर्नुका साथै गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने उद्देश्यले एजेन्डाहरू समेत पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै