१७ साउन , काठमाडौ ।  पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेको भन्दै आक्रोश व्यक्त गरेकी छिन्।

बिहीबार सामाजिक सञ्जालमार्फत श्रेष्ठले यस्तो बताएका हुन् । उनले विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ? भन्दै प्रश्न समेत गरेकी छिन्।

प्रधानमन्त्रीको बोली र व्यवहार फरक देखिएको तर्फ पनि उनले असन्तुष्टि जनाएकी छिन् ।