Comments Add Comment

Advertisment

SKIP THIS

शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने

३० असोज , काठमाडौँ । शताब्दीपुरुष सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ ।

१०३ वर्षको उमेरमा जोशीको आइतबार बिहान किस्ट अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । जोशीको परिवार, किष्ट अस्पताल र ललितपुर महानगरपालिकाका प्रतिनिधिबीच भएको छलफलपछि उनको शरीर नजलाउने, अन्ययन अनुसन्धानका लागि दान दिने निर्णय भएको छ ।

जोशीले यसअघि नै आफ्नो शरीर नजलाई अध्ययनका लागि राख्न भनेका थिए । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार जोशीका दुई छोराले नै बुबाको इच्छाअनुसार शरीर दान गर्ने बताएका थिए । अब अध्ययनका लागि उनको शव किस्ट मेडिकल कलेजमै राखिनेछ । केही समय भने उनको शरीरलाई अन्तिम दर्शनको निम्ति अस्पताल परिसरमै राख्ने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै