Comments Add Comment

Advertisment

SKIP THIS

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

१६ फागुन, काठमाण्डौं । पाल्पा रम्भा गाउँपालिका–१ हुँगीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लु ७ प ५०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा हुँदा रम्भा गाउँपालिका–१ का १७ वर्षीय सन्दीप न्यौपानेको मृत्यु भएको हो ।

न्यौपानेको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको प्रहरीले जनाएको छ। हुँगीबाट हुँदै रामपुरतर्फ जाँदै गरेको भएको मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने रामपुर नगरपालिका–१० का २५ वर्षीय उमाकान्त चापागाईँ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए । दुर्घटनाका वारेमा प्रहरीले थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment