२० साउन , काठमाडौ । काठमाडौं महानगरपालिकाले अहिले सामाखुशी नदीमाथि बनाएको कंक्रिट ढलान ९स्ल्याब०सहितको संरचना धमाधम हटाइरहेको छ । बसुन्धराबाट रेर्डन क्याम्पससम्म सामाखुशी खोला माथि रहेको संरचना हटाइरहेको हो ।
१ साउनदेखि खोलामाथिको संरचना हटाउने काम यो हप्ताभित्र सकाउने गरी काम गरिरहेको महानगरले जनाएको छ । ‘सामाखुसी खोला सतहमाथिको संरचना हटाउने अभियान मैह्पी मन्दिर स्थित विष्णुमती नदी जोड्ने ठाउँसम्म पुर्याउने छौं,’ संरचना हटाउने जिम्मेवारीको नेतृत्व लिएका नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन् ।
भट्टका अनुसार करिब साढे २ किलोमिटर सामाखुसी खोलामाथि रहेको कंक्रिट ढलानको संरचना हटाइसकेको छ । ‘अब ५ सय मिटरजति हटाउन बाँकी होला, त्यो पनि यो हप्ताभित्र हट्छ,’ भट्टले अनलाइनखबरसँग भने ।
महानगरपालिकाले चालु आवको बजेट तथा कार्यक्रममा महानगर भित्र रहेको खोला, खोल्सीको संरक्षण गर्ने नीति पास गरेको भन्दै कार्यान्वयन सुरु भएको प्रवक्ता नवीन मानन्धरले बताए । ‘हामीले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरुको संरक्षण गर्ने नीति अनुसार नै छोपिएको खोला खोलेका हौं,’ प्रवक्ता मानन्धरले भने ।
स्थानीयहरु अहिलेसम्म ठुलो विरोध नगरेको भन्दै व्यक्तिको घर नचलाएको मानन्धरले बताए । ‘खोला बगिरहेको ठाउँमा अरु संरचना बनाउन भएन नी, व्यक्तिको सम्पत्ति छोएकै छैन, त्यसकारण अहिलेसम्म विरोधको आवाज सुनिएको छैन’ प्रवक्ता मानन्धरले दाबी गरे ।
महानगरका अनुसार खोलाको बीच भागबाट १३-१३ फिट फराकिलो बनाएर सामाखुसीमा सफा पानी बगाउने योजना रहेको छ । ‘महानगरका नदिहरु आफ्नै स्वरुपमा बगाउन यो काम सुरु गरेका हौं । खोलामा ढल नमिसाउन, छुट्टै ढल र करिडोर निर्माण गर्ने हाम्रो योजना छ, पहिलो चरणमा खोला माथिको संरचना हटाएका हौं,’ मेयर बालेन्द्र साह ९बालेन०का पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन् ।
उनले खोला मिचेर बनाएको संरचना हटाएर करिडोर निर्माण गर्ने र ढल निर्माण गरेर प्रशोधन केन्द्रमा लैजाने तयारी समेत गरेको बताए ।
स्थानीयको घर जाने बाटै बन्द गरेर महानगरले संरचना बाटो भत्काउन मिल्छ ? भन्ने प्रश्नमा लम्साल भन्छन्,’उहाँहरुले नदी किनारबाट ४ मिटर छोड्नुपर्ने जमिन छोडिदिए महानगरपालिकाले करिडोर नै निर्माण गरिदिन्छ नि, आफू गैरकानुनी रुपमा नदीबाट छोड्नुपर्ने सेटब्याक नछोड्ने अनि बाटो भएन भन्ने रु’
स्थानीय भन्छन : घर जान नै सास्ती भयो
महानगरपालिकाले सामाखुसी नदी माथि बनेको स्ल्याब ढलान हटाउँदा स्थानीयल म्हैपी, रानीबारी, बसुन्धरा लगायत क्षेत्रमा नदि छेउमा पर्ने घरधनीहरुले महानगरको कदमको विरोध गर्दै आएका छन् । उनीहरुले जनतालाई दुख दिएर विकास नहुने बताएका छन् ।
रेडन कलेज छेउका स्थानीय काजीरत्न बज्राचार्यले महानगरपालिकाले स्थानीयसँग छलफल र जानकारी विना नै धमाधम स्ल्याब हटाउँदा समस्या भएको बताए । ‘मान्छे घरबाट अफिस जाँदा गएको बाटो आउँदाखेरी त खोला माथि त खाली छ, अब घर चाहीँ कसरी जाने रु स्थानीय सरकार जनताको लागि होनी कम्तीमा छलफल गरेर त गर्नुपर्छ’ बज्राचार्यले भने ।
यस्तै सामाजिक सञ्जाल ट्विटरमार्फत रोयल नामक स्थानीयले भनेका छन ‘महानगरलाई भत्काउन हतार हुन्छ, बनाउन हुँदैन, अब कसरी आवतजावत गर्ने हो रु मान्छे लडेर मरे, खोलाले बगाए को जिम्मेवारी हुने हो रु हुन त भगवानलाई प्रश्न सोध्न पनि नमिल्ने होला रु’ मेयर बालेनलाई ब्यंग्य गर्दै उनले भनेका छन् ।







