Comments Add Comment

Advertisment

SKIP THIS

कास्की पहिरो अपडेट : मृत्यु हुनेको संख्या ११ पुग्यो

२८ असार ,काठमाडौ । अविरल वर्षापछि पहिरो जाँदा कास्कीमा पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर ३२ चैनपुर र मादी–११ मा बेपत्ता दुई जनाको शव फेला परेपछि मृतकको संख्या ११ पुगेको हो ।

पोखरा–३२ स्थित आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा, ९ वर्षीय प्रतिक सुवेदी र ११ वर्षीया अनुस्का ओझाको पनि शव फेला परेको छ । वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ ।

यसैगरी मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर वेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको पनि शव फेला परेको प्रहरीले जनाएको छ ।

बिहीबार राति खसेको पहिरोमा पुरिएर पोखरा–१९ पुरन्चौरमा ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित र तल्लाकोट बस्ने राधिका परियारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment