Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले चितुवाको छालासहित चार जनालाई पक्राउ

०४ बैशाख , काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट प्रहरीले चितुवाको छालासहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल चाँगुनारायण –५ बस्ने २९ वर्षीया फुरी शेर्पा, गजुरी गाउँपालिका–५ घर भई चाँगुनारायण ५ बस्ने विनोद श्रेष्ठ र कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी छन् ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका इन्स्पेक्टर अनिल ठकुरी नेतृत्वको टिमले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गल्फुटार पूर्व पश्चिम गेष्ट हाउसमा आरोपीहरुले लुकाएर राखेको १ थान चितुवाको छाला प्रहरीले बरामद गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

उनीहरुको साथबाट पुच्छरसहित ४.५ फिट लम्बाई र २ फिट चौडाई रहेको चितुवाको छाला, साथबाट पुच्छरसहित ६.९ फिट लम्बाई र ३ फिट चौडाई रहेको चितुवाको छाला, चितुवाको टाउँको र ओप्पो मोबाइल तथा सामुङ मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै