Comments Add Comment

Advertisment

SKIP THIS

देशमा अपराधका घटनामा कमी आउनुको साथै नेपाल प्रहरी मजबुत बन्दै गएको छ : आईजीपी धिरज सिंह

२१ असार , काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धीरजप्रताप सिंह नियुक्त भएको ६५ दिन भएको छ । वैशाखमा १८ बसेको मन्त्रिपरिषद् बैठकले धीरजप्रताप सिंहलाई २९ औँ आईजीमा नियुक्त गरेको थियो ।

स्वभावका हिसाबले आइजीपी सिंह स्पष्ट वक्ता हुन् । प्रहरी संगठन, देश र जनताको हितका विषयमा जसका सामु पनि हाक्की बोल्ने हिम्मत राख्छन् । हुँदै नहुने कुरामा उनी कसैको कुरा पनि सुन्दैनन् । हस्तक्षेप कसैको पनि स्वीकार्दैनन् । उनले आफ्नो बहालीसँगै रोडम्याप सार्वजनिक गरे । सोही रोडम्यापलाई फलो गर्दै आईजीपी सिंह अघि बढिरहेका छन् ।

नेपाल प्रहरी सबैभन्दा धेरै युनिट भएको, जनतासँग प्रत्यक्ष दैनिक जोडिने नेपाल सरकारको युनिट हो । सुख:दुखको साथी हो । आपतविपत होस वा खुशियाली, बर्दीका प्रहरीको अनुपस्थितिमा राज्यविहीनताको अनुभूति गर्ने समाज यही हो । यस अर्थमा जनताको भरोसा बढ्नु अनौठो विषय भएन । प्रहरीसँगको जनसहभागिताले अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेख्य फाइदा पुग्नुले समाजलाई फाइदै भएकै छ । जनसहभागिता जति बढ्यो, त्यति नै प्रहरीले उपलव्धी हासिल गर्ने हो । प्रहरीले गर्ने उपलव्धीसँगै समाज र देशको उपलव्धीसँग अछुतो रहने कुरै आउँदैन ।

सामयिक विषयमा आईजीपी धिरज प्रताप सिंह सँग न्युज२४ग्यालेक्सीले गरेको कुराकानीः

अहिले प्रहरी संगठन कमजोर हुँदै गएको हो ?

विल्कुलै होइन । धेरै मजबुद भएर गएको छ । पहिले भएका कमजोरीहरु पनि सबै ट्रयाकमा आएका छन् । यसको अनुभूति नै भएको छ नि । तर, सामाजिक रुपमा भएका घटनाहरुलाई लिएर मानिसहरुले प्रश्नहरु उठाएको हुन सक्छ ।

तर, अपराध अनुसन्धानमा प्रहरीको लापरवाही देखिन थाल्यो भन्ने गुनासाहरु आएका छन्, यस्तो किन भएको ?

प्रहरीले गर्ने अनुसन्धानहरुमा लापरवाही विल्कुलै भएको छैन । कसैले गर्न जरुरी पनि छैन । अहिले प्रहरीले गर्ने अनुसन्धानमा कसैलाई आएका सबुद प्रमाणका आधारमा हेर्दै गरेर जाने हो । कोही मान्छेलाई शंकास्पद छ र स्टेट्मेन्ट नै लिइएन भने कोसँग जाने त ? स्टेटमेन्टका आधारहरु पनि भेरिभाई गर्नुपर्ने हुन्छ । तर, यो अपराधी होइन, योचाहिँ हो भन्न त अरुको कसरी अधिकार होला र फेरि ? बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?

मतलव, नेपालमा अस्वाभाविक रुपमा अपराध बढेको होइन ?

अहिले म कुनै घटना भएको देख्दिनँ । योभन्दा हुन्छ ।

कसैलाई घरमा भएको बाबुले बलात्कार गरेको छ । काकाले गरेको छ । छिमेकीले गरेको छ । स्कुलको शिक्षकले गरेको छ । यो प्रहरीको दोष हुन सक्छ ? तर, यसमा अनुसन्धान गरेर मान्छेहरु पक्राउ भएका छन् । हामीले पक्राउ गरेर कानूनको दायरामा ल्याएका छौं ।

अहिले यस्ता घटनामा काहीँ पनि मिलापत्र हुँदैन । उजुरी दर्ता गरेर जानुपर्छ भन्ने कडा म्यासेज हामीले दिएका छौं । त्यो म्यासेज अनुसार मुद्दाहरु दर्ता हुने क्रम पनि बढेको छ ।

पहिलेजस्तो गाउँमा दुई/चारजना बसेर यसो मिलापत्र गरौं भन्ने सुनिन्थ्यो, अब मैले के भनेको छु भने यस्ता केसमा कुनै मोलाहिजा हुन्न, जसले गरेको हो, त्यो प्रहरीमा दर्ता भएर चल्नुपर्छ । अपराधीलाई कानूनको दायरामा ल्याउनुपर्छ । प्रहरी यसमा कडारुपमा लागेको छ ।

देशमा अपराध घट्दै छ कि बढ्दैछ त ?

यहाँले यस्सो हेर्दा गुण्डागर्दी देखिन्न । छ र ? छैन नि । तस्करी छैन सरकारले अहिले राजस्व बढेको छ भनेको छ । गुण्डागर्दी छैन । अरु मर्डर छैन । अरुखालका घटनाहरु छैनन् भनेपछि बढेको भन्ने त हामी काहीँ पनि देख्दैनौं नि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै