Comments Add Comment

Advertisment

SKIP THIS

इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव

१५ चैत , काठमाडौं । पाकिस्तानका विपक्षी सांसदहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका छन् । तल्लो सदन नेसनल एसेम्बलीमा विपक्षी नेता शहबाज शरिफले सोमबार खानविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेका हुन् । उनको सरकारले देशको अर्थतन्त्र अव्यवस्थित गराएको विपक्षीहरुले आरोप लगाउँदै आएका छन् ।

‘यस सदनको विश्वास गुमाएपछि प्रधानमन्त्री पदमा रहनुहुन्न’ अविश्वास प्रस्तावमाथि बोल्दै शरिफले भने ।

विपक्षी सांसदहरुको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टले खानको गठबन्धनका साझेदारहरूलाई आफ्नो पक्षमा पार्ने प्रयास गरिरहेको छ । सत्ता गठबन्धनका केही सदस्यहरू खानको विपक्षमा उभिन सक्ने चर्चा समेत रहेको पाकिस्तानको डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

३ सय ४२ सिट रहेको तल्लो सदनमा खान सरकारलाई हटाउन आफूहरुलाई आवश्यक १७२ सदस्य रहेका विपक्षीले जनाएका छन् । यसअघि गत शुक्रबार अविश्वासको प्रस्ताव दर्ता हुने कार्यक्रम थियो । यद्यपि हालैका दिनहरुमा केही संसाद् एवम् शीर्षस्थ नेताको मृत्यु भएपछि शोक मनाएर शुक्रबारको बैठक स्थगित गरिएको थियो ।

अविश्वासको प्रस्तावमाथि बिहीबारबाट बहस सुरु हुने र सात दिनभित्र मतदान हुने डनले जनाएको छ । पछिल्लो घटनाक्रमलाई पूर्व क्रिकेटर समेत रहेका इमरान खानको राजनीतिक जीवनको सबैभन्दा कठिन चुनौतीका रुपमा हेरिएको छ ।

राजनीतिक संकटबीच आफूविरुद्ध अविश्वासको प्रस्ताव पारित हुने भए त्यसअघि नै खानले पदबाट राजीनामा दिन सक्ने चर्चा समेत रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, खानले भने आफू नेतृत्वको पाकिस्तान तेहरीक–ए–इन्साफ ९पीटीआई० पार्टी र अन्य राजनीतिक दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव विफल पार्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै