११ साउन , काठमाडौं । लम्जुङको बेशिसहरबाट मनाङ जाँदैगरेकाे एउटा ट्रक दुर्घटनामा परेको छ ।
आज विहान करिव ६ बजेर ३० मिनेट जाँदा ट्रक पल्टिएको हो । लम्जुङको स्याङ्गे भन्ने ठाउँमा ग १ ख ३८९१ नम्बर काे ट्रक दुर्घटना भएको हाम्रा मनाङ संवाददाता नविन अंकुरले जनाएका छन । पल्टिएको ट्रक मर्स्याङ्दी नदीमा खस्नबाट रोकिएको छ ।
दुर्घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।


