Comments Add Comment

Advertisment

SKIP THIS

इटहरीमा ट्रक दुर्घटना : इटहरी-धरान खडकखण्ड अवरूद्ध

९ पुष , काठमाडौ । इटहरीको हलगडामा ट्रकले ठक्कर दिँदा एक महिला गम्भीर घाइते भएकी छन् ।

इटहरीको हलगडामा दक्षिणबाट उत्तर जाँदै गरेको ट्रकले ठक्कर दिँदा स्थानीय ६५ वर्षीया देवी खड्का घाइते भएको १ नम्बर प्रदेश ट्रफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाका अनुसार इटहरीबाट धरानतर्फ गइरहेको प्रदेश १-०२-ख ८०५२ नम्बरको ट्रकले शुक्रबार बिहान करिब १०ः ०५ बजे खड्कालाइ ठक्कर दिएको हो ।

घटनापछि आक्रोशित स्थानीयले दोषीमाथि कारबाहीको माग गर्दै इटहरी-धरान खडकखण्ड अवरूद्ध पारेका छन् । घटनाको थप विवरण संकलन कार्य जारी रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment