Comments Add Comment

Advertisment

SKIP THIS

ट्याक्टर भिरमा खस्दा चालकको मृत्यु

७ असोज , काठमाडौँ । गोरखा जिल्लाको अजिरकोट गाँउपालिका २ वालाङमा ट्याक्टर अनियन्त्रीत भई भिरमा खस्दा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराति साढे ११ बजे ग १ त ४५७४ नम्बरको सिमेन्ट लोड भएको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुदा सिरान्चोक ४ छोप्राकका २७ वर्षीय बिक्रम श्रेष्ठको मृत्यु भएको हो । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment