२४ मंसिर ,काठमाडौ । महेन्द्र राजमार्ग अन्तरगत अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं ८ सातमाराको राप्ति पुलमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
पश्चिमबाट पुर्वतर्फ आईरहेको ना६ख २७३९ नम्बरको उक्त ट्रक महेन्द्र राजमार्गको शीतगङ्गा–८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई शनिबार दुर्घटना भएको थियो।
मृत्यु हुनेमा ट्रकका चालक चालक नवलपरासी (पश्चिम) रामग्राम नगरपालिका–८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।
उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु प्रहरी निरीक्षक रिजालले बताए।


