१६ कार्तिक , काठमाडौं । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजार १ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


