Comments Add Comment

Advertisment

SKIP THIS

गोदावरी उद्योग वाणिज्य संघमा सञ्जेलको नेतृत्व

२४ पुष , काठमाडौं । गोदावरी उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संघका अध्यक्ष जगन्नाथ महर्जनको अध्यक्षतामा सम्पन्न साधारणसभाले महासचिव जयराम केसी तथा कावा कोषाध्यक्ष अमित आचार्यले प्रस्तुत गर्नु भएको प्रतिवेदन छलफल गरी पारित गरेको छ ।पूर्वअर्थ राज्यमन्त्री तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद माननीय उदय शम्सेर राणाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेश सभा सदस्य मधुसूदन पौडेल ,मीनकृष्ण महर्जन ,गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन ,उद्योग वाणिज्य संघका केन्द्रीय तथा वाग्मतीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरुले संघको कार्यको प्रशंसा गर्दै अगाडि बढन सहकार्य गर्ने बताएका छन् ।साधारणसभाले ललितपुर टाहाखेलका व्यवसायी पिताम्बर सञ्जेलको अध्यक्षता कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष प्रभाकर श्रेष्ठ,उपाध्यक्ष राजन महर्जन ,उपाध्यक्ष पुरुषोत्तम पौडेल ,महासचिव जयराम के.सि,कोषाध्यक्ष अमित आचार्य सदस्यहरु :मनोज थापा ,राजेश देशार,विक्रम राना,लक्ष्मी कार्की , श्रीहरि आचार्य ,ज्ञानेन्द्र महर्जन ,शुसिलराज न्यौपाने निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै