Comments Add Comment

Advertisment

SKIP THIS

“माछा देखे भित्र हात, सर्प देखे बाहिर हात” : डा. बाबुराम भट्टराई

२४ माघ, काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले एमसीसीबारे माओवादी अध्यक्ष प्रचण्डको दोहोरो चरित्रमाथि कटाक्ष गरेका छन् । सामाजिक सन्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै डा. भट्टराईले एमसीसीलाई धेरै गिजोलिएमा त्यसको परिणाम गम्भीर हुनेतर्फ सबैलाई सचेतसमेत गराएका छन् ।

उनले लेखेका छन्, ‘भित्रभित्र राष्ट्रघात, बाहिरबाहिर राष्ट्रबाद । माछा देखे भित्र हात, सर्प देखे बाहिर हात । भित्र खाओवाद, बाहिर माओवाद, नेपाली राजनीति जवसम्म यो पाखण्डी र दुईजिव्रे प्रबृत्तिबाट मुक्त हुँदैन, तवसम्म देश बन्दैबन्दैन । एमसीसी जुन ढंगले गिजोलिँदैछ, त्यसको परिणाम गम्भीर हुनसक्छ । अति भए खति हुन्छ है ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डको संयुक्त हस्ताक्षरमा एमसीसी मुख्यालयलाई संसदबाट परियोजना पास गराउने आश्वासनसहितको पत्र पठाइएको खुलासा भएपछि नेपाली राजनीति तरंगित बनेको छ । सत्ता गठबन्धनमा समेत त्यसको विवाद सुरु भएको छ ।

प्रचण्डले देशभित्र एमसीसीको विरोधमा आफूलाई उभ्याए पनि पत्रमा परियोजना पास गर्ने आश्वासन दिएका कारण उनको राजनीतिक चरित्रमाथि प्रश्न उठेको छ । प्रचण्डको सचिवालयले भने हिजै एक वक्तव्य जारी गरी आफ्नो कूटनीतिक पहललाई गलत अर्थ लगाइएको प्रष्टीकरण दिइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै