२२ चैत , काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले प्रधानामन्त्री शेरबहादुर देउवालाई देशको आर्थिक अवस्थाका बारेमा राजनीतिक दल, अर्थविद्, योजनाविद् र सरोकारवाला पक्षसँग अन्तरक्रियाको आयोजना गर्न सुझाव दिएका छन् ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकमा सो सुझाव दिइएको हो । बैठकमा प्रधानमन्त्री देउवाले भारत भ्रमणका विषयमा ‘ब्रिफिङ’ गरेका थिए । समग्रमा भारत भ्रमण सफल रहेको निष्कर्ष पेस भएको बताइएको छ । सरकारले देशको आर्थिक अवस्थाबारे अन्तरक्रिया गर्ने निर्णय भएको पनि सचिवालयले जनाएको छ ।







