Comments Add Comment

टिपरको ठक्करबाट सप्तरीमा एक जना साइकल यात्रीको मृत्यु

२३ असार ,काठमाडौं । टिपरको ठक्करबाट सप्तरीमा एक जना साइकल यात्रीको मृत्यु भएको छ।

प्रहरीका अनुसार मंगलबार पूर्व–पश्चिम राजमार्गमा स १ क २८० नम्बरको टिपरले ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका– ११ डेङ्ग्रीकी ४० वर्षीया कौशल्या चौधरी रहेका छन् ।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै