Comments Add Comment

Advertisment

SKIP THIS

ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु

१४ बैशाख , काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ बालगंगा पुल नजिकै गए राति ट्रक र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिप चालक कलैया उपमहानगरपालिका–१५ बकुल्हारका २५ वर्षिय अजय सहनी रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति पौने १० बजे लु २ ख १९४२ नम्बरको ट्रक र ना ५ च २८७३ नम्बरको जिप ठोक्किएका थिए ।

दुवै सवारी साधन र ट्रक चालक नियन्त्रणमा रहेको प्रहरी चौकी पथलैयाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment