Comments Add Comment

Advertisment

SKIP THIS

यी हुन् भोटेकोशी नदी किनारमा ४ करोडको स्विमिङ पुल बनाउने मन्त्री

६ वैशाख , काठमाडौ । जनता कोभिड–१९ को त्रास र भोकमारीमा पिल्सिरहेका बेला बागमती प्रदेशका तत्कालीन पर्यटनमन्त्री अरुण नेपालले भोटेकोशी नदी किनारमा झन्डै ४ करोडको स्विमिङ पुल बनाएको खुल्न आएको छ । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको लामोसाँघुस्थित भोटेकोशी नदी किनारमा उक्त स्विमिङ पुल बनेको हो ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले निरीक्षण गरेपछि स्विमिङ पुलमा राज्यको ढुकुटी दुरुपयोग भएको निष्कर्ष निकालेका छन् । उनले स्विमिङ पुल बनाउँदा अनियमितता भएको आशंका व्यक्त गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको दायारामा ल्याउनु पर्ने औंल्याएका छन् ।

तत्कालीन पर्यटनमन्त्री नेपालको निर्वाचन क्षेत्रमा पर्ने भोटेकोशी नदी किनारमा स्विमिङ पुल बनाएको विषय अहिले चर्चामा छ । हालका पर्यटनमन्त्री श्रेष्ठले नदी किनारमा ४ करोड हालेर बनाएको स्विमिङ पुलको आवश्कता र औचित्यमाथि प्रश्न उठाएपछि स्विमिङ पुलले चर्चा पाएको हो ।

स्विमिङ पुलको निरीक्षण गर्न पुगेका पर्यटनमन्त्री श्रेष्ठले राज्यको ढुकुटी गलत ठाउँमा प्रयोग भएको भन्दै दुःख समेत प्रकट गर्दै अब पर्यटन मन्त्रालयले बजेट बनाउँदा यस्ता गलत ठाउँमा राज्य कोषको दुरुपयोग नहुने गरी बनाउने स्पष्ट पारिसकेका छन् । प्रदेश सरकारले झन्डै ४ करोड हालेर बनाएको स्विमिङ पुलको सुरक्षाका लागि अर्को १० करोड लाग्ने देखेपछि उनी रुष्ट बने ।

पर्यटन मन्त्रालयका सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीलाई साथमा लिएर स्विमिङ पुलको अनुगमन गर्न पुगेका मन्त्री श्रेष्ठ स्विमिङ पुल हेरेपछि आश्चर्यमा परेका छन् । स्विमिङ पुलको सुरक्षाका लागि घेराबार, चेन्जिङ रुम, कटअफ वाल, ड्रेन र ल्याण्ड स्क्यापिङ निर्माण गर्न थप १० करोड आवश्यक देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै