Comments Add Comment

Advertisment

SKIP THIS

करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु

२६ असार , काठमाडौँ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पतालको भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नं.–६ का १७ वर्षीया विजय विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

अस्पतालको भवन निर्माणको काम गर्दैगर्दा करेन्ट लागेको उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुजर कार्कीले बताए । विजयको मृत्युसँगै आइतबार आफन्तहरुले मेहलकुना बजारमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले उचित क्षतिपुर्तिको माग गर्दै प्रदर्शन गरिरहेका हुन् । स्थानीयहरुले सडकमा टायर बालेर आवतजावत बन्द गरेका छन् भने सवारी साधान चल्न सकिरहेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment