Comments Add Comment

Advertisment

SKIP THIS

लिफ्ट भत्किएर खानीमा फसेका १४ जनाको सकुशल उद्धार

२ जेठ , काठमाडौ । राजस्थानको झुन्झुनुस्थित कोलिहान खानीमा लिफ्ट भत्किएर फसेका १४ जनाको सकुशल उद्धार गरिएको छ । झुन्झुनु सरकारी अस्पतालका नर्सिङ स्टाफले सबै जना सुरक्षित रहेको समाचार एजेन्सी एएनआईलाई जानकारी दिएका हुन् ।

‘केहीको हातखुट्टा फ्रयाक्चर भएको छ । १४ जनामध्ये ३ जनालाई भने कुनै चोटपटक छैन। सिँढीको सहायताले उद्धार गरिएको छ,’ उनीहरुको भनाई छ ।

यसैबिच, समाचार एजेन्सी पीटीआईले एक अधिकारीलाई उद्धृत गर्दै सबैलाई उद्धार गरिएको बताएको छ। तीन जना गम्भीर घाइते भएका छन्, जसलाई खानीबाट निकालेर जयपुरको अस्पतालमा पठाइएको छ। बाँकी मानिसलाई पनि बाहिर निकाल्ने काम भइरहेको छ ।

हिन्दुस्तान कपर लिमिटेड (एचसीएल) को तामा खानीमा मंगलबार राति दुर्घटना भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार यो लिफ्ट अधिकारीहरूको ढुवानीका लागि थियो। एचसीएलको सतर्कता टोली केही वरिष्ठ अधिकारीसहित खानीमा निरीक्षणका लागि गएको थियो । तर जब तिनीहरू माथि आउन थाले, लिफ्टको डोरी चुँडिएपछि र अधिकारीहरू त्यहाँ फसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै