Comments Add Comment

Advertisment

SKIP THIS

बेमौसमी वर्षाका कारण इँटा उद्योगमा क्षति

१६ पुष काठमाडौ । दुईदिन अघिसम्म परेको बेमौसमी वर्षाका कारण रौतहटका इँटा उद्योगमा करोडौं मूल्य बराबरको क्षति भएको छ ।

वर्षाले काँचो इँटा गलेर नष्ट भएको हो । मंगलबार रातिदेखि बुधबारसम्म परेको बेमौसमी वर्षाले रौतहटका एक सयभन्दा बढी इँटा उद्योगमा पोल्नका लागि राखिएको करोडौं मूल्य बराबरको काँचो इँटा गलेर नष्ट भएको हो ।

इँटा उत्पादक संघ रौतहटका अध्यक्ष रामविनोद साहका अनुसार जिल्लामा एकसय ६२ वटा इँटा उद्योग संचालनमा छन् । मौसमी वर्षाले प्रायः सबै उद्योगमा क्षति गरेकाले कम्तीमा ५ करोडभन्दा बढी मूल्यको इँटा गलेर नष्ट भएको अध्यक्ष साहले जानकारी दिए ।

त्यसैगरी वर्षाले मुसुरो बालीमा पनि क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै