२५ पुष , काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न निर्देशन दिएका छन ।
प्रधानमन्त्री प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत निर्देशन दिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल शुरु गरेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले बताएको छ ।
वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरु विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल लिएको हो ।