Comments Add Comment

Advertisment

SKIP THIS

सवारी दुर्घटनामा १ जनाको मृत्यु

११ साउन , काठमाडौं । मोरङको बेलवारी नगरपालिका-८ पूर्व पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

बिहान ७ बजे पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ११ च २४५८ नम्बरको कार सडकमा रोकेर राखेको को १ ख ८००४ नम्बरको ट्रकमा अचानक ठोक्किदा कार चालक बेलवारी -१ का २२ बर्षीय संदिप लामिछाने र कारमा सवार दमक-४ का १४ बर्षीय राजु बराईली घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी बेलवारी अस्पताल पठाईएको र बराईलीलाई थप उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा बराईलिको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment