Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंमा एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिए : १ जनाको मृत्यु

२४ फागुन , काठमाडौ । काठमाण्डौको नागार्जुनमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका छन् । भेटिएका पाँच जनामध्ये एक जनाको मृत्यु भएको छ । अरु चार जनाको उपचार भइरहेको छ ।

नागार्जुन नगरपालिका–६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा भेटिएका र काठमाण्डौ महानगरपालिका डल्लु स्थायी घर भइ डेरामा रामकोट बस्दै आएका ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी कार्यालय काठमाण्डौले जनाएको छ ।

प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले गम्भीर घाइते चार जनाको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचार भइरहेको जानकारी दिए । घटनास्थलमा विषको बट्टा भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यसअघि हिजो ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–४ मा पनि एकै परिवारका पाँच जना मृत अवस्थामा भेटिएका थिए । कोइला बालेर सुतेका उनीहरुको निसासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment