दाङ प्रहरीले औषधी ब्यबसायीहरुलाई अबैध लागूऔषध नियन्त्रणमा भुमिका खेल्न अनुरोध -
Comments Add Comment

दाङ प्रहरीले औषधी ब्यबसायीहरुलाई अबैध लागूऔषध नियन्त्रणमा भुमिका खेल्न अनुरोध

१ माघ , काठमाडौं । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित जिल्ला प्रहरी कार्यालय दाङको सभा हलमा एक कार्यक्रमको आयोजना गरी दाङ जिल्ला स्थित औषधी ब्यबसायी संघका पदाधिकारीहरु, औषधी ब्यबसायी तथा मेडिकल, फार्मेसी संचालकहरुको सहभागितामा प्रहरी नायव उपरीक्षक राजन कुमार गौतम समेतको प्रहरी टोलीले पछिल्लो समय नियन्त्रित लागूऔषधको खुल्ला रुपमा बिक्री बितरण भई लागु औषध दुर्ब्यसन बढेको पाईएको हुदाँ उक्त कार्यलाई नियन्त्रण गर्ने उदेश्यका साथ सरोकारवालाहरुलाई चिकित्सकको सुझाब बिना त्यस्ता प्रकारका औषधीहरु बिक्रि बितरण नगर्न, नियन्त्रित लागु औषधहरु खरिद गर्न आएमा प्रहरीलाई खबर गर्न, अबैध रुपमा त्यस्ता प्रकारका औषधी नराख्न तथा आ-‍आफ्नो तर्फबाट लागू औषध नियन्त्रणमा भुमिका खेल्न अनुरोध गर्नुको साथै सरोकारवाला ब्यक्तीहरुबाट लागु औषध नियन्त्रणमा प्रतिबद्दता प्राप्त भई उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दाङ प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds