Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली नोट सहित पक्राउ

१० साउन , काठमाडौं । वीरगंज महानगरपालिका-११ श्रीपुरटोलस्थित सडकबाट रौतहट परोहा नगरपालिका-३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई १ हजार दरको ६ थान नक्कली नोट सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले उक्त टोलमा दुवेदीलाई फेला पारी जाँच गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।

उनी उपर मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमती लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै