Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

२७ असार ,काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको राप्रपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो । प्रचण्डको विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए।

अहिले कांग्रेस-एमालेको नयाँ गठवन्धनमा सामेल हुनेरनहुने विषयमा भने कुनै निर्णय नगरेको उनले बताए। उनले नयाँ सरकार गठन भइसकेपछि र संविधान संशोधनमा विषयमा स्पष्ट धारणा आएपछि पार्टीभित्र छलफल गरेर आवश्यक निर्णय गर्ने बताए।

प्रमुख सचेतक शाहीले सरकारको नेतृत्व पटक-पटक परिवर्तन हुँदा दलहरूले जनताको अवस्थामा बारेमा ध्यान दिन जरुरी रहेको जिकिर गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment