Comments Add Comment

Advertisment

SKIP THIS

चितवन प्रहरीको सफलता : १८० किलो लागुऔषध गाँजा सहित एक भारतिय पक्राउ

चितवन , जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। पुर्वपश्चिम राजमार्गको भण्डाराबाट लोथरतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बिआर ०६ जि २१२८ नम्बरको ट्रकबाट शुक्रवार १ सय ८० किलो गाँजा बराबद गरेको हो।

विशेष सूचनाको आधारमा चेक जाँच गर्दा पूर्वि चितवनको लोथरमा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो। ट्रकको क्याविनको भागमा फल्स बटम बनाई गाँजा लुकाएर ल्याएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए।

प्लाष्टिकले बेरेका १६ वटा पोका बनाएर गाँजा राखिएको थियो। गाँजासंगै ट्रक र एक जना भारतिय नागरिकलाई पनि नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा भारतको पूवी चम्पारण बिहार रक्सौलका ३० बर्षिय कुन्दन पटेल रहेका छन्। उनलाई लागुपदार्थ ओसारपसारमा मुद्दा चलाउने प्रहरीले जनाएको छ।

अहिले जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धन भैरहेको कार्कीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै