Comments Add Comment

Advertisment

SKIP THIS

१६ हलमा ५१औं दिन मनाउँदै ‘छक्कापञ्जा ४’

५ वैशाख , काठमाडौ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले निर्माण गरेको फिल्म हो ‘छक्कापञ्जा ४’ । फिल्मले आगामी शनिबार प्रदर्शनको ५१ औं दिन पूरा गर्दैछ ।

‘फिल्मले उपत्यका तथा उपत्यका बाहिरको गरेर १६ हलमा प्रदर्शनको ५१ औं दिन मनाउन लागेको छ’ कलाकार तथा निर्माता दीपकले भने ‘५१ आंै दिनको सेलिब्रेसन तयारीमा हामी छौं,’ फिल्मले अहिले पनि दर्शक राम्रो पाइरहेको दीपकले सुनाए ।

गत १९ फागुनमा रिलिज भएको ‘छक्कापञ्जा ४’ हेमराजी बिसी निर्देशन गरेका हुन् । राजनीतिक विषय कथाको रुपमा उठाएको फिल्ममा दीपकराज गिरी, बेनिशा हमाल, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, सुश्मा निरौला, बेदना राईलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा दीपकराज गिरीले आफैले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै