‘प्रेमगञ्ज’ मा बेनिशाको बोल्ड लुक्स -
Comments Add Comment

‘प्रेमगञ्ज’ मा बेनिशाको बोल्ड लुक्स

२ फागुन, काठमाण्डौं । ‘प्रेमगञ्ज’ अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो । निर्माण युनिटले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री बेनिशा बोल्ड अवतारमा पनि निकै सुन्दर देखिएकी छन् ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आगामी जेठबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । लक्ष्यअनुसार हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए ।

फिल्मबाट तेज गिरी अभिनयमा डेब्यू गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाको अलवा फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सन्जोग रसाइली, गीता अधिकारीको लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।

चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्मको लागत डेढ करोड बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

‘प्रेमगञ्ज’मा मैना बनिन् बेनिशा

Advertisment

छुटाउनुभयो कि? सबै

‘प्रेमगञ्ज’मा मैना बनिन् बेनिशा