Comments Add Comment

Advertisment

SKIP THIS

जुठे र जुनकिरी को प्रेम कहानी किन हराउदै ? (हेर्नुस् भिडियोमा)

१५ असोज ,काठमाडौ । हाँस्य टेलिसिरियल मेरी बास्सैुबाट मरिचमान श्रेष्ठ र राजु पौडेलले हाँस्य विधामा आफ्नो परिचय बनाइसकेका थिए । मरिचमान बल्छी धुर्वे का रूपमा परिचित छन् राजु राजु मास्टर बनेर हिट छन् ।

हल्का रमाइलो सफल सिरियल मानिन्छ । टिभीमा राम्रो टिआरपी बनाएको यस सिरियलले युट्युबमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ तर हल्का रमाइलोको सफलतामा मात्र बल्छी धुर्वे र राजु मास्टर रमाउन कहाँ सके र रु हसाँउदा मात्र उनीहरूको आँत कहाँ भरियो  र ?

नयाँ काम त गर्ने, तर के गर्ने ? 

उनीहरूमाथि नै उब्जिएको ठूलो प्रश्न चिह्न थियो यो । के गर्ने भन्ने विषयमा उनीहरूले लामो छलफल गरे । निष्कर्ष निस्कियो-इतिहास देखाउने । बल्छी धुर्वे र राजु मास्टरले दलित समुदायले भोग्नु परेको पीडालाई मुख्य विषयवस्तु बनाउन चाहे । नाम राखे जुठे!

बल्छी र राजुको लागि यो सहज काम थिएन । पर्दामा हसाँइरहेका उनीहरूले गम्भीर विषयलाई उठाउँदै थिए, जहाँ मजाक चल्दैन । बल्छी र राजुले उक्त विषयमा गहन अध्ययन गरे । किनकीउनीहरूले त्यो पीडा देखेका थिए, भोगेका थिएनन् । अझ पर्दामा उनीहरू नै मुख्य पात्र बन्ने भएपछि उनीहरूले थप अध्ययन गर्नै पर्‍यो ।

निकै मिहिनेत गरेर बल्छी र राजुले जुठेका केही भागहरू लेखे । दलितको पीडाको विषयमा स्कृप्ट लेख्दा उनीहरूलाई सकस नै पर्‍यो । त्यो भोगाईलाई महसुस गरेर स्कृप्ट लेख्न त हामीलाई निकै गाह्रो भएको थियो ।

दलित बनेर अभिनय गर्नुपर्दा पनि उनले पुर्खाहरूमा दलितले खेप्नु परेको पीडालाई महसुस गर्न सके । जुन साच्चिकै दुःखद थियो । जब जुठेुको प्रशारण सुरु भयो, यसले तहल्का नै पिट्यो । पहिलो भागदेखि नै युट्युबमा यसले राम्रो दर्शक पायो । ट्रेन्डिङको शीर्ष स्थानमा कब्जा जमायो । पर्दामा हसाँइरहेका बल्छी र राजु मास्टरले गरेको नयाँ अभ्यासलाई दर्शकले रुचाए । राम्रो प्रतिकृया दिए ।

अहिले जुठे २७ भाग पुगेको छ । सिरियलले सुरुआती दिन झैँ अहिले पनि युट्युबमा तहल्का पिटिरहेको छ । लाखौँ भ्युजसँगै ट्रेन्डिङमा यस सिरियलले स्थान बनाइरहेको छ ।२७ भाग हेर्नुस् भिडियोमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment