प्रचण्ड सरकारले फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति ? -
Comments Add Comment

प्रचण्ड सरकारले फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य, प्रतिलिटर कति ?

४ वैशाख , काठमाडौ ।  पेट्रोलियम पदार्थको मूल्य बढेको छ । आज राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले मूल्य बढाएको हो ।

निगमले इन्डियन आयल कर्पोरेसनले तोकेको नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गर्दा पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रति लिटर ३ रुपैयाँले बृद्धि भएको जनाएको छ ।

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेल १६१ रुपैयाँ पर्नेछ । नयाँ खुद्रा मूल्यअनुसार पेट्रोलप्रति लिटर रुपैयाँ एक सय ७८, डिजेल र मट्टितेल प्रतिलिटर रुपैयाँ एक सय ६१ पुगेको छ । पहिलो वर्गअन्र्तगतको चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य एक सय ७५ रुपैयाँ ५० पैसा तोकिएको छ ।

यस्तै दोस्रो वर्ग अन्र्तगतको सुर्खेत र दाङ्का लागि एक सय ७७ रुपैयाँ मूल्य रहेको छ भने तेस्रो वर्गअन्र्तगतको काठमाडौँ, पोखरा र दिपायलका लागि पेट्रोलको मूल्य एक सय ६१ रुपैयाँ कायम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment