२४ कात्तिक ,काभ्रे । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले आज जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकको निरीक्षण गर्नुको साथै काभ्रेमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई कडा निर्देशन दिनुभएको छ ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन समेत दिनुभएको हो ।
यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष,भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल गर्नुको साथै निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि संचालित एक दिने अभिमुखीकरण कार्यक्रममा समेत सहभागिता जनाउनुभएको छ ।