२ श्रावण , काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन सम्बोधन समेत गर्नुभएको छ ।

बागमती प्रदेश अन्तर्गतका प्रहरी कार्यालयबाट सम्पादन हुने विभिन्न गतिविधि एवं अन्य श्रोत साधनहरुको निरीक्षण साथै अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप चुष्तदुरुष्त एवं प्रभावकारी बनाउने उदेश्यले डिआईजी किरण बज्राचार्यद्धारा उक्त निरीक्षण तथा अवलोकन कार्यक्रम सम्पन्न भएको हो ।

निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै डिआईजी बज्राचार्यले जस्तासुकै भौगोलिक विकटता भएका स्थानहरुमा पनि नेपाल सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले आम नागरिक माझ उत्कृष्ट सेवा प्रवाह गर्दै आईरहेको बताउँदै भौगोलिक विकटता एवं अपर्याप्त स्रोधसाधन जनमुखि प्रहरी सेवा प्रवाहको बाधक हुन नहुने कुरा बताउनुभयो ।

साथै प्रहरी संगठनले अंगिकार गरेका नीति नियम तथा कार्य-योजनाहरुको पूर्ण रुपमा कार्यान्वयन गर्दै नतीजामुखी प्रहरी सेवा प्रवाहमा जोडदिन समेत उहाँले निर्देशन गर्नुभएको हो ।







